पछिल्ला दिन वाणिज्य बैंकहरूको कर्जा लगानी बढेको छ भने निक्षेप घटेको छ । तरलताको अभावको समस्यालाई थप गहिरो बनाउने गरी नेपालको बैंकिङ प्रणालीबाट निक्षेप घट्न थालेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।
पछिल्लो समय बाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार बाणिज्य बैंकहरुले एक महिनामा ९४ अर्ब ऋण लगानी गरेका छन् ।