उपत्यका लगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा दिने र लिने व्यक्ति/संस्था/ कार्यालयले घरभाडामा दिंदा र लिंदा आफ्नो घरमा भाडामा बस्ने ब्यक्ति/संस्था/कार्यालयको परिचय खुल्ने कागजात सहितको विस्तृत विवरण पनि प्रहरी कार्यालयमा अनिवार्य बुझाउनुपर्नेछ ।