घर वा कोठा भाडामा लिनेदिने दुवैको विवरण प्रहरी कार्यालयमा अनिवार्य

काठमाडौं, १४ पुस । गृह मन्त्रालयले काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य सहरी क्षेत्रहरूमा घरभाडामा दिने र लिने दुवैको विवरण प्रहरी कार्यालयलाई अनिवार्य रुपमा बुझाउने बुझाउनुपर्ने निर्णय गरेको छ।

गृहमन्त्री रामबहादुर थापासहित गृहसचिव प्रेमकुमार राई र तीनवटै सुरक्षा निकायका प्रमुखको उपस्थितिमा बसेको वैठकले उक्त निर्णय गरेको हो ।

उपत्यका लगायत देशका मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा लिई विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधिहरु गर्ने, चोरी, डकैति, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरुको भण्डारण र प्रयोग गरी विध्‍वंसात्मक एवं अराजक गतिविधि गर्ने गरेको पाइएको भन्दै’ गृह मन्त्रालयले त्यसरी भाडामा लिएको कोठा वा घर छाडेको जानकारी समेत प्रहरीलाई विवरण बुझाउनुपर्ने निर्णय गरेको हो ।

‘यस प्रकारको क्रियाकलापले समग्र शान्ति सुव्यवस्थामा गम्भीर असर पार्ने भएकोले उपत्यका लगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा दिने र लिने व्यक्ति/संस्था/ कार्यालयले घरभाडामा दिंदा र लिंदा आफ्नो घरमा भाडामा बस्ने ब्यक्ति/संस्था/कार्यालयको परिचय खुल्ने कागजात सहितको विस्तृत विवरण पनि प्रहरी कार्यालयमा अनिवार्य बुझाउनुपर्नेछ ।

छाडेको विवरण र जानकारी समेत नजिकको स्थानीय प्रहरी इकाईमा अनिवार्य रुपमा दिने र स्थानीय प्रहरी इकाईले पनि अनिवार्य रुपमा लिई घरभाडामा बस्ने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्‍ने” गृहमन्त्रालयले निर्णय गरेको छ। यो निर्णयले समग्र शान्ति सु–व्यवस्थामा सहयोग पुग्ने मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here