असोज मसान्तसम्म अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.३ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, २०७७ साउन मसान्तसम्म वाणिज्य बैंकको संख्या २७, विकास बैंकको संख्या २०, वित्त कम्पनीको संख्या २१, लघुवित्त वित्तीय संस्थाको संख्या ८४ र पूर्वाधार विकास बैंकको संख्या १ रहेको छ ।
अधिकारीका अनुसार यो एक दशकमा १९६ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्वीजीसन प्रक्रियामा सहभागी भएका थिए । यसरी मर्जर र एक्वीजीसन प्रक्रियामा गएर ४६ वटा बैंक तथा वित्तीय संस्था कायम भएका हुन् ।
बैंकर्स संघका अनुसार सरकारको निर्देशन अनुसार एक तिहाई कर्मचारी खटाएर सेवा सुचारु गरिएको हो । सरकारले बुधबार बैंक तथा वित्तीय संस्था, बीमा धितोपत्र, सहकारी मार्फत सेवाप्रवाह गर्नका लागि आवश्यक कर्मचारीहरु मध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।