Tag: मनमोहन मेडिकल कलेज

मनमोहन मेडिकल कलेजमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना

मनमोहन मेमोरियल मेडिकल कलेज, स्वयम्भूमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना गरिएको छ । ६३औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बिहीबार स्वयम्भूस्थित मनमोहन अस्पतालमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले एक कार्यक्रममा सो केन्द्रको उद्घाटन गरिन् ।