गत वैशाखसम्म विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
उनले विसं २०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्या काण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन् ।
नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महाविर पुनले आज सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । सो अवसरमा मन्त्री पुनले विज्ञान र प्रविधिको विकासलाई दू्रत गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे...
गत वर्षको वैशाखको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४१।२ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ लिएका छन् ।
विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महशुल नतिर्ने ठूला उद्योगीमाथि सरकारले कठोर कदम चालेको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौतावापतको रु ५० अर्ब एक करोड उठाउन निर्देशन दिएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तराष्ट्रिय लक्जरी होटल ब्रान्ड द रिट्च कार्लटन नेपाल भित्रिन सुखद् भएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा म्यारियट इनटरनेशनलका अध्यक्ष डेभीस म्यारियट र नेपाली साझेदार चौधरी समूहका...
अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फ्यासिलिटी–इसिएफ)कार्यक्रमअन्तर्गत नेपाललाई करिब ४२ दशमलव ९ मिलियन अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी जङ्गल क्षेत्रमा मान्छे हराउने, तथा सम्पर्कविहीन हुने घटना बढ्दै गएपछि सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.