आज बिहान परेको अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड बगाएको छ ।
हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
काठमाडौंको दरबारमार्गलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाक-कलामा आधारित भोजनलिपि स्वादको तेस्रो संस्करण जेठ १८ गते आइतवार काठमाडौको नेपाल हाउस हात्तीसारमा हुने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
सरकारले आइतबार काठमाडौं उपत्यकाका ३ जिल्लामा सार्वजनिक विदा दिने भएको छ । मच्छिन्द्रनाथको भोटो जात्राको अवसरमा उपत्यकामा विदा दिन लागेकाे हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृगौला प्रत्यारोपणपश्चात सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही शोलुखुम्बुका पेम्बा शेर्पालाई सम्मान गरेका छन् ।
नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ। माओवादीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेकाे हाे।
सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.