काठमाडौं। सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका छन्।
शुक्रबार बस्ने गरी मुख्य सचेतक र प्रमुख सचेतकलाई छलफलमा बोलाएको हाे।
सदनको अवरूद्ध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरबारे छलफल हुने बताइएकाे छ।
भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरूद्ध गर्दै आएका छन्।



























