कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता आजै टुंगोमा पुर्याउन सरकारी वार्ता टोलीलाई निर्देशन दिएका छन् ।
केही ग्यास उद्योगले १४.२ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा एलपी ग्यास भरी बिक्री गरेको समाचार सार्वजनिक भएपछि निमगले त्यस्तो कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएको छ ।
सत्य निरुपण तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधनका लागि सङ्घीय संसद्मा दर्ता भएको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले पीडित सरोकारवाला पक्ष र समाजले ग्रहण गर्ने गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त...
पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ। क्यान्सर रोगबाट पीडित भट्ट काठमाडौंको बीर अस्पतालमा उपचाररत थिए । डडेलधुरामा जन्मिएका गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन्।
बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।
अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले भदौ १८ गतेदेखि बिक्रीमा ल्याएको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद असोज २२ गतेसम्म थप गरेको...
दुई समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि सदरमुकाम मलंगवाको निश्चित क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएपछि आमाको नामबाट नागरिकता पाउने हक लागू भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले गत साउन २६ र २७ गते सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा सार्वजनिक गरेको छ ।
माइतीघर–बानेश्वर काठमाडौंमा हरियालीयुक्त देखिने नमूना सडक नै हो । २०७१ सालमा सार्क शिखर सम्मेलन हुने समयमा यो सडकमा लाखौं खर्च गरेर रूखबिरुवा र दूबो रोपिएको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.