किसानले काठमाडौंको कालीमाटीस्थित सडकमा गोलभेँडा फालेका छन् । उचित मूल्य नपाएकाले आइतबार बिहान सडकमै गोलभेँडा फालेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियता पूर्वक लाग्न निर्देशन दिएका छन्।
यसअघिको बैठकमा वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको छलफल गरिएको थियो ।
कोशी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
गएरातिको पहिरोमा पुरिएर सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा यादव बुढाथोकी, उनकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल बेपत्ता भएका हुन् । सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ...
पाँचथरमा अविरल वर्षासँगै आएको बाढीले हेवाखोलाको पुल बगाएको छ। सदरमुकाम फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पक्की पुल गएरातिको बाढीले बगाएको प्रहरीले जनाएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीलाई एकैपटक जेलमा कोच्नु नै आफ्नो पार्टीको विचार भएको धारणा सार्वजनिक गरेका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले...
भाइरसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको एकदेखि तीन दिन भित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी...
२ असार, काठमाडौं । काठमाडौंं महानगरपालिकाका मेयर बालेन्द्र शाहले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले भोलिदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने घोषणा गरेको प्रसङ्गलाई...
त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनलसम्म विद्युतीय सटल बस सञ्चालनमा आएको छ । यसअघि गोल्डेन गेटबाट टर्मिनलसम्म माइक्रोबस चलिरहेको थियो । सो गाडी हटाएर शुक्रबारदेखि विद्युतीय सटल बस सञ्चालनमा ल्याइएको...
© 2026 Cloud Patrika. All Rights Reserved.