सरकारले सुन्तलालाई राष्ट्रिय फलफूल मान्यता दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय फलफूल मान्यता दिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।
सत्ता गठबन्धनमा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पदसहित भौतिक पूर्वाधार मन्त्रालय पार्टीलाई दिने सहमति भएसँगै नाउपाभित्र दुई गुटबीच नेतृत्व हत्याउने होडबाजी सुरु भएको छ ।
सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेर नेपाली बजारमा सुनले नयाँ रेकर्ड बनाएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
एसियाली क्रिकेट परिषद (एसीसी) प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो खेलमा आज (बिहीबार) मलेसियासँग खेल्दैछ। ओमानको अल अमरेत क्रिकेट मैदानमा हुने खेल दिउँसो सबा ४ बजे सुरु हुनेछ।
वैशाख १ गते साँझ ६ बजे गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा विशेष उद्घाटन कार्यक्रम आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानूनी परिधिमा रहेर...
नेपालगन्जबाट काठमाडौँ आउदै गरेको बुद्ध एयरको जहाज भैरहवा फर्किएको थियो भने सिमराबाट काठमाडौँ आइरहेको सोही कम्पनीको जहाज सिमरा नै डाइभर्ट भएको छ । काठमाडौँबाट पोखरा जान लागेको यती एयरलाइन्सको जहाज...
बिहीबार दिउँसाे अचानक आएको हावाहुरीको कारण फेवातालमा डुंगा पल्टिएर दुर्घटनामा परेकी एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ ।
काठमाडौं उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहुरी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.