राष्ट्रिय स्वतन्त्र पार्टीले १४ सांसदहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बुधबार केन्द्रीय सदस्यको जिम्मेवारी नपाएका सांसदहरूलाई मनोनयन गरेको हो ।
नेपालको ठूलो दूरसञ्चार सेवा प्रदायकमध्येको एनसेलको मुख्य कम्पनी मलेसियाको आजियाटा बर्हार्डले नेपालबाट बाहिरिने घोषणा गरेको छ । नेपालको परिस्थिती चुनौतीपूर्ण बन्दै गएका कारण बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको आजियटाले बताएको...
सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन १६ सयले बढेको छ ।
सरकारले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाउने निर्णय गरेको छ । यदि जिल्लामा जनशक्ति अपुग भएमा प्रमुख जिल्ला अधिकारीको मागका आधारमा थप...
नेपाल दूरसञ्चार प्राधिकरणले इण्टरनेट सेवा प्रदायकलाई टिकटक बन्द गरे/नगरेकोबारे २४ घण्टाभित्र जवाफ दिन निर्देशन दिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भए पछि नियमित इन्धन आपूर्तिका लागि इन्डियन आयल कर्पोरेसनको बक्यौता तिर्न सरकारबाट लिएको सबै ऋण चुक्ता गरेर निगम ऋणमुक्त भएको हो।
जलवायु परिवर्तनले पहिले नै विश्व अर्थतन्त्रबाट अर्बौं डलर कम गरिरहेको र यसबाट विकासोन्मुख मुलुकहरू सबैभन्दा बढी प्रभावित भएको कोप २८ जलवायु शिखर सम्मेलनअघि मङ्गलबार प्रकाशित एउटा नयाँ प्रतिवेदनले बताएको छ...
काठमाडौं महानगरपालिकाले मंसिर २७ गतेदेखि आफ्नो क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ।
नेपालको फर्निचर व्यवसाय छाडेर रोक्का रूसी सेनामा भर्ना हुन गएका थिए । उनीबारे थप विवरण आउन बाँकी छ । रुस र युक्रेकबीचको युद्धका क्रममा केही नेपालीहरू पनि रहेको सूचना बाहिर...
गौशालामा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आजपनि प्रदर्शनको आयोजना गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.