सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार ३ लाख १२ हजार ६१२ श्रमिक कोषमा आबद्ध भएका छन् । जसबाट कोषमा अहिलेसम्म १२ अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ ।
शैक्षिक योग्यताको हकमा सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका अनुसार भनिएको छ । उम्मेदवारले व्यवसायिक कार्ययोजना पेश गर्नुपर्नेछ ।
नेपाल विद्युत प्राधिकरणले ग्राहकहरूलाई विद्युत सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, पोल, ट्रान्सफर्मर) सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ।
सिएमसीसीले सोमबारदेखि जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।
विश्व बजारमा 'क्रिप्टोकरेन्सी'को प्रयोग तीव्ररूपमा विस्तार भइरहेको छ । नेपालमा भने' क्रिप्टोकरेन्सी' को कारोबार अवैध मानिन्छ ।
पछिल्लो समय प्रधानमन्त्री देउवाले सत्तारुढ दल नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग एमसीसी अघि बढाउनका लागि छलफल तीव्र बनाएका छन्।
आपतकालीन(स्केप) सुरुङ अन्तर्गत हालसम्म १ हजार ३४० मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ ७७८ मिटर र धादिङतर्फ ५६२ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।
सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार दिने भएको छ।
खरिद मूल्यको तुलनामा झन्डै दोब्बर मूल्यमा पेट्रोलको बिक्री गर्दा समेत निगमले प्रतिलिटर १३.२३ रुपैयाँ घाटा, डिजेलमा प्रतिलिटर ११.१३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ५६० रुपैयाँ नौ पैसा घाटा छ ।
सरकारले ‘एकीकृत जलस्रोत संरक्षण व्यवस्थापन विशेष कार्यक्रम’ ल्याउन लागेको छ। खानेपानीका स्रोत संरक्षण र मूल फुटाउने अभियान सञ्चालन गर्न खानेपानी मन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.