गत बैशाखमा सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ तोकेको थियो । आर्थिक वर्ष ०७४/०७५ मा सरकारले गहुँको न्यूनतम मूल्य प्रति क्विन्टल २ हजार ५७१ रुपैयाँ तोकेको थियो...
यो निर्णयले बन्दाबन्दी घोषणा गरेको मिति २०७६ चैत ९ गतेदेखि २०७७ भाद्र मसान्तसम्म होटल उद्योगले भुक्त्तानी गर्नुपर्ने विद्युत शुल्क शतप्रतिशत मिनाह गरिएको छ।
चालू आर्थिक वर्षको आठ महिनामा ९ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । भन्सार विभागको फागुन महिनासम्मको तथ्यांक अनुसार गएको आठ महिनामा ९ खर्ब ४३ अर्ब ९८...
नेपाल राष्ट्र बैंकले आइबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ ।
उच्च शिक्षाका लागि विदेशिनु पर्ने परिपाटी रोक्न सरोकारवालाले जोड दिएका छन् । जनमैत्री बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभाका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा सरोकारवालाले यस्तो जोड दिएका हुन् ।
राजनीतिक स्थिरतासँगै नीतिगत सुधार भएकाले विदेशी लगानी बढ्ने सरकारको दाबी गर्दै आएको थियो । यद्यपि अहिले फेरी मुलुकमा राजनीतिक अस्थिरता बढ्दो छ ।
विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड-१९ विरूद्धका खोपको लागि ७.५ करोड अमेरिकी डलर बराबरको वित्तीय सहयोग अनुमोदन गरेको...
काठमाडौंको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरु महाराजगञ्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमती, फाट, गोल्फुटारलगायत ठाउँमा आज तीन घण्टा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३६ पैसा निर्धारण गरेको छ ।
नेपालमा अत्यावश्यक वस्तुमा परनिर्भरता बढेको छ । कृषिप्रधान देश नेपालले पछिल्लो ७ महिनामा ३० अर्ब रुपैयाँ बढीको चामल आयात गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.