अख्तियारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस खरिद राज्यकोषबाट ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ नोक्सान भएको दाबी गर्दै सोही बराबर बिगो असुल हुनुपर्ने दाबी गरिएको छ।
यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी...
मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई पठाएको छ । यसअघिका विभागका महानिर्देशक भुपाल बराललाई सरकारले वातावरण विभागमा सरुवा गरेपछि विभाग महानिर्देशकबिहीन थियो ।
पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चक्रपथ सुधार आयोजनाको काम अनिश्चित देखिएपछि असन्तुष्ट जनाएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै सडक विस्तारमा किन ढिलाई भन्दै प्रश्न गरेका छन्।
हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी १४०, कालो अङ्गुर २२०, केरा १३० रुपैयाँ दर्जन, अनार २८०, भारतीय सुन्तला ७०, र स्ट्रबेरी भुईऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै ती कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको जनाएको छ।
मन्त्रालयले विद्यालय भवन निर्माण, सूचना प्रविधि ल्याब र प्राविधिक धार सञ्चालनका लागि आगामी आर्थिक वर्षदेखि बजेट निर्माणकै क्रममा स्थानीय तहमा पठाउने गरी आवश्यक तयारी गर्ने निर्णय गरेको जनाएको छ।
अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहे पनि शिथिल अवस्थामा रहेको बताएका छन् । मन्त्रालयको चालु आर्थिक वर्ष को फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा मंगलबार उनले अर्थतन्त्र चलायमान बनाउन मन्त्रालय आफैं...
एआइआइबीले कोरियाली कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा चार करोड डलर ऋण प्रवाह गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.