आइतबारका लागि अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ११ पैसा र बिक्री दर १३२ रुपैयाँ ७१ पैसा पुगेको छ।
कृषि औजार कारखाना चलाउन राष्ट्रिय आविष्कार केन्द्रलाई ६ वर्ष अगाडी आफैले दान दिएको जग्गा महावीर पुनले बिक्रीमा राखेका छन्। पोखराको बेगनास ताल नजिकै ठूलाकोट डाँडामा रहेको २८ रोपनी जग्गा बिक्री...
उक्त सूचनाअनुसार पोर्चुगलमा बस्ने नेपालीहरूले फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अतिरिक्त नजिकको नेपाली राजदूतावास मेड्रिड, ब्रसेल्स, बर्लिन र कोपेनहेगनस्थित नेपाली राजदूतावासबाट पनि राहदानी र कन्सुलर सेवा प्राप्त गर्न सक्नेछन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९/८०का लागि गहुँको समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ३ सय ५१ रूपैयाँ निर्धारण गरेको प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । यसअनुसार गहुँको...
नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन–२०७९ मा संशोधन तथा परिमार्जन गरेर यस्तो व्यवस्था गरेको हो । यो व्यवस्था २०८० जेठ...
यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ तथा नेपाल क्रसर तथा खानी उद्योग महासंघ रहेको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि डाइभर्सन बनाउन फागुन १३ देखि २७ गतेसम्म दुई पटक गरेर दैनिक ८ घण्टा राजमार्ग बन्द गर्न लागिएको छ ।
ललितपुर महानगरपालिकाले अव्यवस्थित रूपमा राखेका इण्टरनेटका तार हटाउन सेवा प्रदायक संस्था र नेपाल टेलिकमलाई निर्देशन दिएको छ ।
ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच महासंघका सदस्यहरूलाई आवश्यक राजदूतावास इजाजतका लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने÷नवीकरण गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माण सुरु भएकाले सवारीसाधनहरूका लागि छुट्ने समय तोकिएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.