बंगलादेशकी पूर्वप्रधानमन्त्रीको दरवारलाई संग्रहालयमा परिणत गर्ने घोषणा

बंगालदेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई संग्रहालय बनाइने भएको छ । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गर्ने क्रान्तिको सम्झनाका लागि उनको दरबारलाई संग्रहालयमा परिणत गर्ने घोषणा गरे ।

एनआरएनएको ग्लोबल सम्मेलन आजदेखि

रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौंमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान साढे ९ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

दाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु

राप्ती लोकमार्गअन्तर्गत आज बिहान करिब साढे तीन बजेतिर तुलसीपुर उपमहानगरपालिका ३ साततलेमा रा१ज ८२२ नम्वरको बोलेरो पिकअफ गाडी दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

खिम्ती–लामोसाँघु प्रसारण लाइन ईआरएस टावर प्रयोग गरी सञ्चालनमा

असोज दोस्रो साताको भारी वर्षापछि तामाकोसी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनर्स्थापना प्रणाली (ईआरएस) टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइएको छ ।

एभरेष्ट कलरको आईपीओ तयारी, रु. २६ करोड चुक्ता पुँजीमा १५ प्रतिशत...

रङ उत्पादक कम्पनी एभरेष्ट कलर लिमिटेडले निकट भविष्यमा सर्वसाधारणका लागि सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

अर्थतन्त्र सुधारका लागि नागरिक र विज्ञसँग आयोगले माग्यो सुझाव

सरकारले असोज २१ गते गठन गरेको आयोगले सरकारलाई सुझाव दिनकै लागि आम नागरिक, व्यवसायी, लगानीकर्ता, विज्ञहरुबाट सुझाव माग गरेको हो ।

प्राधिकरणले काट्यो उद्योगको लाइन, बील तिर्न अटेरी-सरकारले लिएन पहल

सरकारले कुनै पहल नलिएसँगै नेपाल विदुत प्राधिकरणले नियमानुसार उद्योगहरुको बिजुली काटेको छ । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको हो । बिहीवार साँझबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको छ ।

अमेरिकाबाट अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन् ।

भारतमा आँधी-नेपालमा त्रास, ढुक्क भएर धान भित्राउन मौसमविद्को आह्वान

बंगालको खाडीमा विकसित चक्रवातको प्रत्यक्ष असर नेपालमा नपर्ने मौसमविदले बताएका छन् । तर त्यसको आंशिक प्रभावले कोशी प्रदेशमा वर्षा हुने उनीहरुको प्रक्षेपण छ । ‘दाना’ नाम दिइएको शक्तिशाली चक्रवात गएराति भारतको ओडिशा राज्यको जमिनमा बज्रिएको छ ।

इजरायलमा तत्काल कामदार नपठाइने

सरकारले इजरायलमा नेपाली श्रमिक तत्काल नपठाउने भएको छ । इजरायल र अन्य देशबीचको युद्ध साम्य नभएपछि सरकारले परिस्थिति सहज नहुँदासम्म श्रमिक नपठाउने भएको हो ।