राष्ट्र बैंक कर्मचारी संघ बालुवाटारले अन्तरबैंक फुटसल टुर्नामेन्ट हुँदै
टुर्नामेन्टमा महिलातर्फ २३ वटा र पुरूषतर्फ ३७ वटा गरी जम्मा ६० वटा टिमको सहभागिता रहनेछ ।
प्रभु बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत
काठमाडौं । प्रभु बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत, संस्थागततर्फ ५.१० प्रतिशत र रेमिट्यान्स खातामा ७.१० प्रतिशत ब्याजदर तोकेको छ ।...
अमेरिकी डलर स्थिर, अन्य विनियम दर कति छ ?
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो ।
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन)नेपाल विधाबाट सम्मानित भएको छ। विहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी...
डलरको मूल्य बढ्दा यूरोको घट्यो
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार मङ्गलबारको तुलनामा आज अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ ।
आज कति छ विनिमय दर?
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार सोमबारको तुलनामा मङ्गलबार जापानिज येनको भाउ घटेको छ । सोमबार जापानिज येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेकामा आजका लागि खरिददर ९ रुपैयाँ ३२ र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा रहेको छ ।
आज कति छ विदेशी मुद्राको विनिमय दर ?
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रिदर १३४ रुपैयाँ ६२ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।
दशैंमा नयाँ नोट नबाड्ने राष्ट्र बैंकको योजना
विगतका वर्षहरूको जस्तै साना दरको नोट सटही व्यवस्था भने हुनेछ । ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट सटही गर्न पाउने व्यवस्था हुनेछ ।
बालबालिकालाई लक्षित गरी ग्लोबल आइएमई बैङ्कले ल्याएको ‘जुनियर एप’का के छन् विशेषता ?
बालबालिकालाई लक्षित गर्दै ग्लोबल आइएमई बैङ्कले ‘ग्लोबल जुनियर’ एप सार्वजनिक गरेको छ । बैङ्किङ क्षेत्रमै पहिलो पटक बालबालिकालक्षित बैङ्कले ग्लोबल जुनियर एप सञ्चालनमा ल्याएको हो । बालबालिकालाई सानैदेखि बैङ्किङ कारोबारसम्बन्धी अभ्यस्त गराउन यो एप ल्याइएको बैङ्कले जनाएको छ ।
एफडीआईसम्बन्धी राष्ट्र बैंकको अध्ययनले के देखायो ?
नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९\८०’ सार्वजनिक गरेको छ । प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण गरी नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।