डेडिकेटेड र ट्रंक लाइन बक्यौता विवाद : मध्यरातमा जोडियो २३...

नेपाल विद्युत प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरमार्फत् विजुली प्रयोग गरेर प्रिमियम महशुल नबुझाएको भन्दै लाइन काटेका २३ उद्योगमा पुनः विद्युत जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार मध्यरातसम्म सबै उद्योगमा लाइन जोडिदिएको हो ।

झिलिमिली बन्दै काठमाडौंका सडक, १०२६ ठाउँमा स्मार्ट लाइट जडान

विद्युत प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटीहुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुनेछन् ।

हेटौडा प्रसारणलाइन निर्माणको अन्तिम चरणमा, कुलमान फिल्डमै खटिए

देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ ।

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रू’, ८३ असारभित्र सम्पन्न गर्ने...

तनहुँको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाटजडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ ।

बक्यौता नबुझाएका ६ उद्योगमा प्राधिकरणले पुनः जोड्यो बिजुली

बक्यौता भुक्तानी नगरेका छ वटा उद्योगमा काटिएको लाइन पुनः जोडिएको छ । गतराति नेपाल विद्युत् प्राधिकरणले ती उद्योगमा लाइन जोडेको हो । मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले तीन महिनाभित्र बक्यौता भुक्तानी नगरे पुनः कारबाही गर्ने निर्णयसहित लाइन जोड्ने निर्णय गरेको छ ।

अपर तामाकोशी : पौने ९ अर्बको बिजुली बेच्दा पनि कम्पनी घाटामा

अपर तामाकोशी जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ मा ८ अर्ब ७५ करोड रुपैयाँको बिजुली बेचेकोछ । बिजुली बिक्री आम्दानी अघिल्लो आर्थिक वर्ष २०७९–८० को तुलनामा ७.९ प्रतिशतले बढेको छ । विद्युत् बिक्री आम्दानी उल्लेख्य भए पनि कम्पनी गत आर्थिक वर्षमा पनि नोक्सानीमा गएको छ ।

विद्युत् व्यापारमा आज ऐतिहासिक दिन, पहिलो पटक बंगलादेशमा निर्यात

नेपालले बिजुली व्यापारमा आज इतिहास बनाउँदै छ । आज पहिलो पटक शुक्रबार ४० मेगावाट विद्युत् तेस्रो देश निर्यात हुँदैछ । असोज १७ गते नेपाल, भारत र बङ्गलादेशबिच विद्युत् निर्यातका लागि सम्झौता भएको थियो ।

विद्युत निर्यातको तयारीमा नेपाल, सहकार्य गर्न बंगलादेशलाई आग्रह

काठमाडौं, ७ जेठ । नेपाल चेम्बर अफ कमर्सले ऊर्जा क्षेत्रमा सहकार्य गर्न बंगलादेश समक्ष प्रस्ताव गरेको छ । नेपाल छिट्टै विद्युत निर्यात गर्न सक्ने...

बुढीगण्डकी जलविद्युत आयोजना निर्माण नेपालको आफ्नै लगानीबाट शुरु गरिने

सरकारले १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) सँगको सम्झौता अन्त्य गरेर आफैंले निर्माण गर्ने तयारी गरेको हो।

माथिल्लो तामाकोशीमा बिहीवारसम्म विद्युत उत्पादन नहुने, यी क्षेत्रमा सर्तकता अपनाउन आग्रह

बिहीवारसम्म माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत उत्पादन नहुने भएको छ ।