उपत्यकाको यी क्षेत्रमा शनिवार ८ घण्टा विजुली नआउने
नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू–स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको हुँदा बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म विद्युत प्रभावित हुने भएको हो।
लामो प्रतीक्षापछि अघि बढ्यो बूढीगण्डकी आयोजना, प्रधानमन्त्री गरे फिल्ड कार्यालय...
लामो समयको प्रतीक्षापछि सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा जिल्लाको सिरुङ्टारमा स्थानीय कार्यालय उद्घाटन गरेका हुन् ।
४० करोड १४ लाख बराबरका खानेपानी वितरण प्रणालीको स्वामित्व हस्तान्तरण
महाङ्काल पानीपोखरीबाट मेलम्चीको खानेपानी वितरणका लागि प्याकेज नं. १ अन्तर्गत गौशाला क्षेत्रमा बिछ्याइएको २१.५७ कि.मी. तथा प्याकेज नं. २ अन्तर्गत तिलगङ्गा र सिनामङ्गलमा बिछ्याइएको १७.०४ कि.मी. खानेपानी वितरण प्रणाली हस्तान्तरण गरिएको छ ।
‘लोडसेडिङ गरेर निर्यात पो गरियो कि भन्ने कुरा सत्य होइन’- कुलमान...
नेपालकै विद्युत माग कटौती गरेर लोडसेडिङ गरिएको हो की भन्ने आशंकाप्रति स्पष्टिकरण दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिस्टममा आएको गडबडीले पटक पटक विजुली जाने समस्या भएको बताएका छन् ।
इप्पानको अध्यक्षमा कार्की निर्विरोध, मल्ल प्यानलको उम्मेदवारी खारेज
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्षको लागि योग्य नभएकाले मल्लको उम्मेदवारी खारेज भएको हो ।
नेपालबाट भारतले १० हजार मेगावाट बिजुली किन्ने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतले १० हजार मेगावाट विद्युत खरिद गर्ने घोषणा गरेका छन् ।
नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर, दुई जलविद्युत् आयोजना भारतलाई
तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको हो ।जसमा तल्लो अरुण र फुकोट कर्णालीको जिम्मा भारतीय कम्पनीलाई दिन सम्झौता भएको छ ।
दुई वर्षभित्र शत प्रतिशत जनसंख्यामा विद्युत पहुँच
सरकारले दुई वर्षभित्र शत प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याउने भएको छ ।
प्रसारण लाइनको तार फेर्न हेटौंडा क्षेत्रमा अवरोध, मुआब्जा माग
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५स्थित सुकौली क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् ।
विद्युत उत्पादन २१.७ प्रतिशतले बढ्यो, ५ प्रतिशत जनसंख्या पहुँच बाहिर
नेपालको कुल जडित विद्युत क्षमता २१.७ प्रतिशतले बढेको छ। आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ असारसम्म कुल जडित विद्युत क्षमता २१.७ प्रतिशतले बढी २६६६ मेगावाट पुगेको हो।