डेडिकेटेड तथा ट्रंकलाइनको थप महसुल खारेज नभएपछि प्रधानमन्त्रीलाई गुहार्दै निजीक्षेत्र
नेपाल उद्योग परिसंघले डेडिकेटेड तथा ट्रंकलाइनको थप महसुल लगाउने व्यवस्था खारेज गर्न प्रधानमन्त्रीलाई गुहारेको छ ।
१ खर्ब ८५ अर्बको लगानी स्वीकृत, वाणगंगामा स्टोरेज जलविद्युत आयोजना
बोर्डले ३२७ मेगावाट क्षमताको अपर मस्र्याङ्दी २ जलविद्युत आयोजनाका लागि रु. ७८ अर्ब ६५ करोड रुपैयाँ, ४२.९ मेगावाट क्षमताको आँखुखोला जलविद्युतका लागि रु. ६ अर्ब ३० करोड, ५७.३ मेगावाटको म्याग्दीखोला जलविद्युतका लागि रु. १० अर्ब ३१ करोड लगानी स्विकृत गरेको छ ।
विद्युतको नयाँ महसुल: घरायसी र उद्योगी दुवैलाई राहत, अब कति तिर्नुपर्छ...
५ एम्पियर लाइन लिएर न्यूनतम मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ । उनीहरूलाई बिजुली भने निःशुल्क दिइने भएको छ ।
विवादित डेडिकेटेड र ट्रंक लाइनको महसुल दर खारेज (पूर्णपाठ)
आयोगको सोमबार बसेको बैठकले विद्युत् महसुल समायोजन गर्दै विवादित रहेको डेडिकेटेड र ट्रंक लाइनको महसुल दर खारेज गरेको हो । नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावमा हेरफेर गरी बिजुलीको नयाँ मूल्य समायोजन गरेको हो ।
‘विदुतीय गाडीले खपत गरेर बिजुली सदुपयोग हुँदैन्, उद्योग बढाउनु पर्छ’
‘विद्युतीय गाडीमा कर बढाउने विषय सैद्धान्तिक रुपमा ठीक हो, गाडी कति सरल र कति सस्तो छ भन्ने कुरामा यो भर पर्छ, विद्युतीय सवारी साधन पेट्रोलियम पदार्थभन्दा कम हुुनु पर्छ, तव मात्र त्यसलाई प्रोत्साहन गरिन्छ, उनले भने ।
सोलार आयोजनाबाट १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपियो
सोलार आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युतगृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । दिउँसो घाम लागेका आधारमा १.२५ जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुनेछ ।
उर्जा क्षेत्रमा खर्च गर्न विश्व बैंकले १२ अर्ब ऋण दिने
कोरोना भाइरसको मारमा परेको अवस्थामा नेपालको उर्जा क्षेत्रलाई पुनरुत्थान गर्नका लागि उक्त ऋण सहयोग गरेको विश्व बैंकले उल्लेख गरेको छ ।
पाइप बिच्छ्याउन अधिग्रहण गरिएको मेलम्चीको जग्गा अतिक्रमण
गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलबाट थोक वितरण प्रणालीका लागि पाइप बिच्छ्याउन करिब पाँच किलोमिटर स्थानमा जग्गा अधिग्रहण गरिएको थियो । अधिग्रहण गरिएको करिब २५ मिटर चौडाइमुनि एक हजार ४०० मिलिमिटर व्यासको पाइप बिच्छ्याइएको छ ।
घरमै बसेर यसरी तिर्नुहोस् विद्युतको महसुल
प्राधिकरणले सो प्रणालीलाई ‘कन्जुमर सेल्फ रिडिङ सिस्टम’ नाम दिएको छ । त्यस्तो प्रणाली प्रयोग गरी खानेपानीलगायतको समेत महसुल तिर्न सकिनेछ । प्राधिकरणले सञ्चालनमा ल्याएका कारण त्यो प्रणालीबाट भने विद्युत् महसुलमात्रै तिर्न सकिनेछ ।
तराई मधेशका जिल्लामा ५० हजार वायोग्याँस स्थापना गरिने, मेलम्चीलाई साढे ५...
आगामी वर्ष सरकारले तराइ मधेशका जिल्लामा थप ५० हजार वायोग्यास प्लान्ट निर्माण गर्ने भएको छ ।




























