काठमाडौंका यी स्थानमा दिउँसो तीन घण्टा बत्ती जाने

काठमाडौं, ६ चैत । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शुक्रबार दिउँसो तीन घण्टा बत्ती जाने भएको छ।

काठमाडौंको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरु महाराजगञ्ज, कपनमार्ग, मण्डिखाटार, रुद्रमती, फाट, गोल्फुटारलगायत ठाउँमा आज तीन घण्टा बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

महाराजगञ्ज वितरण केन्द्रको बाँसबारी फिडरअन्तर्गत पर्ने गङ्गालाल हस्पिटलदेखि गोल्फुटार क्षेत्रमा ११ मिटर पोल गाड्ने कामका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म लाइन काटेर काम गर्न लागिएको प्राधिकरणले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

लाइनको काम गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here