१ अर्ब लगानी थप्दै मनकामना केबलकार, डिजिटल प्रणालीमा स्तरोन्नति गरिँदै

स्तरोन्नतिका लागि रु ४५ करोड र रिसोर्ट निर्माणका लागि रु ५५ करोड लगानी हुनेछ । उनका अनुसार हाल केबलकार एनालग प्रविधिमा सञ्चालन भइरहेकोमा त्यसलाई हटाई डिजिटल प्रणाली अपनाउन लागिएको हो ।

फेरि शुरु भयो सूर्यविनायक-रत्नपार्क रुटमा द्रुत बस

बिहान साढे ८ बजेदेखि ती बसहरू तीन/तीन मिनेटको अन्तरमा सूर्यविनायकबाट रत्नपार्क प्रस्थान गरेका हु्न्। सूर्यविनायकदेखि रत्नपार्क साढे १० बजेसम्म चल्ने र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म चल्ने गरी तालिका बनाइएको छ।

साल्ट ट्रेडिङले चिनीको ‘कोटा’ बढायो, पसलेले २० बोरा पाउने

साल्ट ट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पोरेशनले गत मङ्गलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्याएको हो ।

कोरियाली लगानीकर्तालाई ढकालको आग्रह- ‘ऊर्जा, पर्यटन, कृषि र आईसीटी’ क्षेत्रमा लगानी...

केही नेपाली बैंक कोरियामा शाखा सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा रहेको उल्लेख गर्दै त्यसलाई सकेसम्म छिटो टुङ्ग्याउन पनि अध्यक्ष ढकालले आग्रह गरे । औपचारिक र सहज बैकिङ्ग कारोबारले व्यापार र लगानी बढाउन सहयोग पुग्छ ।

नेपालमा सबैभन्दा बढी एक तले घर, मधेश प्रदेशमा ८४.४२ प्रतिशत

राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपाल भर रहेको कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरुमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको पाइएको हो ।

२० औं हस्तकला व्यापार मेला मंसिर ७ गतेदेखि, १५० स्टल रहने

एकै छानामुनि हस्तकला वस्तुहरुको बृहत प्रदर्शनी तथा बिक्री हुने मेलामा मेड इन नेपाल र मेक इन नेपाल अवधारणा अनुरुप वस्तुहरुको प्रदर्शन हुने उल्लेख छ । यस्तै, परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शनी, अर्मूत साँस्कृतिक सम्पदाको उजागर गर्ने मेलाको लक्ष्य रहेको छ ।

नौबिसे-नागढुंगा सुरुङ खन्ने काम अन्तिम चरणमा

नागढुंगा सुरुङमार्ग आयोजनाका अनुसार कुल २६८८ मिटर मुख्य सुरुङमध्ये हालसम्म २३४०.४० मिटर सनिसकिएको छ । अब ३४७.६० मिटर मात्र सुरुङ खन्न बाँकी छ । कात्तिकभित्रै सुरुङमार्गको ब्रेक थ्रु हुने आयोजनाले बताएको छ ।

देशभरको फोहोर व्यवस्थापनको जिम्मा अब शहरी विकास मन्त्रालयले लिने

बैठकमा बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, स्थानीय प्रभावित जनताले उठाएका मागहरू, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयहरूमा छलफल भएको थियो। यसका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको र सोका लागि कानुनी प्रबन्ध आवश्यक रहेकोमा जोड दिइएको छ।

८ वर्षपछि खुल्यो तातोपानी नाका, चीनतर्फ जान स्थानीयको लाम

अध्यागमन कार्यालयबाट पास बनाएर शुक्रबार यस क्षेत्रका सांसद माधव सापकोटा सुबोध, भन्सार कार्यालयका प्रमुख दयानन्द केसीसहितको टोली पास बनाएर मितेरी पुल पारी गएसँगै यो नाका पूर्ण रुपमा खुलेको हो ।

पप्पु कन्स्ट्रक्सनसहित २३ कम्पनी डेढ वर्षसम्मलाई कालोसूचीमा, ठेक्कामा भाग लिन नपाउने

ठेक्का सम्झौता अनुसार काम नगर्ने २३ कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार एक सूचना जारी गर्दै ठेक्का लिएर काम अलपत्र पार्ने २३ कम्पनीलाई कालोसूचीमा राखेको जानकारी गराएको हो ।