बुद्धले भित्रायो १३ औं जहाज

काठमाडौं, २८ भदौ । निजी क्षेत्रको सबैभन्दा ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले १३ औं जहाज काठमाडौं भित्राएको छ ।

बुद्धको एटीआर ७२ जहाज शनिबार काठमाडौं आइपुगेको हो । ७२ सीट क्षमताको यो जहाज भारतको चेन्नईबाट उडेर शनिबार अपरान्ह २ बजेर ४० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

अब बुद्धसँग ८ वटा एटीआर ७२ पुगेका छन् । त्यसबाहेक एटीआर४२ जहाज तीन र दुईवटा १९०० डी जहाज बुद्ध एयरसँग रहेका छन् । पछिल्लो समय कम्पनीहरुबीच ठूला जहाज भित्राउने होडबाजीका बीच बुद्ध एयरको नयाँ जहाज आएको हो ।

कम्पनीले अर्को जहाज आगामी महिना ल्याएर जहाज संख्या १४ पुर्याउने जानकारी दिएको छ । यस जहाजले भने दशैं अघिनै सेवा थाल्ने भएको छ ।

नयाँ जहाजले दशैं, तिहार र छठका लागि यात्रुलाई सहजता प्रदान गर्ने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here