नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य, आसिफको अर्धशतक

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नामिबियाविरुद्ध भिडिरहेको नेपालले एक सय ६९ रनको लक्ष्य दिएको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको हो ।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रन बनाउन सफल भए। त्यस्तै कुशल मल्लले ३६ रन बनाए। भीम सार्कीले २६ रन, कुशल भुर्तेलले १८ रन, करण केसीले १२ रन दिपेन्द्रसिंह ऐरीले ६ रन, सोमपाल कामीले ४ रन बनाए।

कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्यमा आउट भए। नामिबियाका बर्नार्ड स्कोल्जले ४ र निकोल लोफ्टि-इटनले ३, ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक/एक विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here