टी-२० सिरिज: त्रिवि मैदानमा बन्यो कीर्तिमान नै कीर्तिमान

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नामिबियासामु २४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेपछि त्रिवि मैदानमा कीर्तिमान नै कीर्तिमान बनेको छ ।

खेलमा नेदरल्याण्ड्स ५९ रनले विजयी बन्यो। नेदरल्याण्ड्सका लागि माइकल लेभिटले शतकीय इनिङ्स खेलेका थिए। उनले ६२ बलमा ११ चौका र १० छक्का प्रहार गर्दै १३५ रन बनाएका थिए।

योसँगै लेभिट टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्याण्ड्सका लागि एकै खेलमा उच्च स्कोर बनाउने खेलाडी बने । यो कीर्तिमान यसअघि म्याक्स ओ‘डाडको नाममा थियो । ओ‘डाडले २०२१ अप्रिलमा त्रिवि मैदानमै मलेसियाविरुद्ध १३३ रन बनाउँदै यो कीर्तिमान बनाएका थिए ।

त्यस्तै २४७ रन कीर्तिपुर मैदानमा कुनै पनि टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक रन हो । यसअघि सन् २०२१ मा भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले २३८ रन बनाएको थियो ।

लेभिटले दोस्रो विकेटका निम्ति साइब्रान्ड एन्गलब्रेटसँग १९३ रनको कीर्तिमानी साझेदारी गर्दै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्याण्ड्सले बनाएको यो अहिलेसम्मको सबैभन्दा ठूलो साझेदारी हो ।

त्रिवि मैदानमा बन्यो अहिलेसम्मकै ठूलो टी-२० स्कोर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here