काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, ५ जनाको मृत्यु

काठमाडौं । कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको रात्रीबस त्रिशुलीमा खस्दा ५ जनाको मृत्यु भएको छ। भने ३२ जनाको सकशुल उद्धार गरिएको छ।

लु २ ख २१२१ नम्बरको यात्रुबाहक बस आज बिहान ५ बजे धादिङको गजुरी-५ घाटबेशीमा अनियन्त्रित भई त्रिशुली नदिमा खसेको प्रहरीले जनाएको छ ।

मृतक तथा घाइतेको पहिचान खुलेको छैन। समाचारको विस्तृत विवरण आउन बाँकी छ। बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।

बस अनियन्त्रित भई त्रिशुलीमा खसेको हुन सक्ने प्रहरीले बताएकाे छ । बसमा कति यात्रु सवार थिए भन्ने खुलेकाे छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here