महाशिवरात्रीमा पशुपतिनाथ मन्दिर क्षेत्रमा यसरी हुँदैछ ट्राफिक व्यवस्थापन

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाएको छ ।

पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरि सहज आवत जावतको प्रबन्ध मिलाएको छ भने बिभिन्न नाका भई भित्रिने भक्तजनहरुको लागी छुट्टा- छुट्टै स्थानमा पार्किङंगको प्रबन्ध समेत मिलाएको महाशाखाले जनाएको छ ।

धेरै टाढा टाढाबाट भक्तजनहरु आउने हुनाले उहाँहरुको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनहरुलाई निर्वाध आवतजावतको ब्यबस्था मिलाईएको साथै पार्किङ्ग गर्ने स्थानहरु समेत तोकिएको छ ।

मालवाहक सवारी साधनहरु तिनकुने, जोरपाटी स्थित नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगल पुल र बसुन्धाराबाट गौशालातर्फ प्रवेश गर्न पाउँदैनन् । पशुपति वरपर जाने मालवाहक सवारीलाई धुम्बाराहिमा मेला अवधिभर कुर्नुपर्नेगरी ट्राफिक व्यवस्थापन योजना लागु गरिएको छ । कोटेश्वरबाट बौद्ध र सुकेधारा जाने मालवाहक गाडीहरु जडिबुटीबाट काँडाघारी हुँदै संचालन गर्न दिइने छ ।

पाशुपत क्षेत्रमा ६ ठाउँमा पार्किङ स्थल तोकिएको छ । दर्शनार्थीहरुले सिफल चौरमा आफ्नो सवारीसाधन राख्न पाउँछन् । भण्डारखालमा सरकारी सवारी र सुरक्षाकर्मीका सवारी पार्किङ गर्न पाइने छ । तिलगंगाको खाली ठाउँ र करिडोरमा तिर्थयात्री, दर्शनार्थी र पर्यटकका सवारी पार्किङ गर्न मिल्नेगरी पार्किङ स्थल निर्धारण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here