एमालेले भन्यो-‘सत्ता समीकरणमा आएको परिवर्तन सकारात्मक, अरु दल पनि सरकारमा आउनूस्’

काठमाडौं । नेकपा (एमाले)ले सत्ता समीकरणमा आएको परिवर्तन सकारात्मक भएको निष्कर्ष निकालेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले सत्ता समीकरणमा आएको परिवर्तन सकारात्मक भएको ठहर गर्दै सरकारलाई साथ दिन अरु दलहरुलाई पनि आग्रह गरेको हो ।

बैठकपछि महासचिव शंकर पोखरेलले भने ‘नयाँ सहकार्य फलदायी बनाउनुपर्छ र देशको विकास, स्वाधीनता रक्षा र समृद्धिका लागि यसले अनुकूलता सिर्जना गरेको छ ।

प्रचण्ड नेतृत्वमा ५ राजनीतिक दलमा सामेल भएर सरकार निर्माणको प्रक्रियामा अघि बढेका छौं । यो नयाँ प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीति दललाई पनि अनुरोध गरेका छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here