राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता बने सिटौला

काठमाडों । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता पदमा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेका छन्।
शनिबार देउवाले सिटौलालाई राष्‍ट्रिय सभामा कांग्रेसका संसदीय दलको नेतामा मनोनयन गरेको निजी सचिव केशवराज जोशीले जानकारी दिए।

देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित २०७४)को धारा १२ को उपधारा १ बमोजिम सिटौलालाई चयन गरेका हुन्। गत माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा सिटौला कोशी प्रदेशको अन्यतर्फबाट निर्वाचित भएका थिए।

नेकपा माओवादी केन्द्रसँगको सत्ता गठबन्धनमा हुँदा उनलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउनेबारे चर्चा भएको थियो। तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष नेकपा माओवादी केन्द्रकै हुनुपर्ने दाबी गरेका थिए। अहिले उनले सत्ता गठबन्धन परिवर्तन गरी नेकपा एमालेको साथ लिएका छन‍्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here