त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज : नेपालले हङकङसँग खेल्दै

काठमाडौं । टी-२० त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले आज घरेलु टिम हङकङविरुद्ध खेल्दैछ।

हङकङमा सुरू हुने शृंखलामा घरेलु टिमसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी) को सहभागिता छ। हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच आजदेखि त्रिकोणात्मक टी-२० आई श्रृङ्खला सुरु हुँदैछ । त्यसअघि नेपालले शनिबार हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । त्रिकोणात्मक श्रृङ्खला खेल्न नेपाली टोली बिहीबार हङकङ गएको थियो ।

नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ ।फागुन ३० गते त्रिकोणात्मक श्रृङ्खलाको फाइनल खेल हुनेछ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here