गरिबीले आमा गुमाएपछि सिबी लोहारले बुने डाक्टर बन्ने सपना

काठमाडौं । उनी हुन् डोटी जिल्लास्थित के.आई.सिंह गाउँपालिकाका सिबी लोहार । जसले गरिबीको कारण आमा गुमाएपछि डाक्टर बन्ने सपना बुने र एमबीबीएस् छात्रवृत्तिमा नाम निकाल्ने गाउँपालिकाकै पहिलो व्यक्ति बन्न सफल भए ।

भारतमा मजदुरी गरिरहेका आफ्नो दाजुको भरपुर साथ र शिक्षकहरुका आडको कारण अहिले उनी भैरहवाको एउटा मेडिकल कलेजमा एमबीबीएस्अध्ययन गर्दै छन् । दुई छाक खानको लागि मात्रै पुरै जवानी भारतका चौकीदारीमा बिताउन बाध्य सुदूर पश्चिमका लाखौं मान्छेमध्ये एक हुन् उनका बुबा जोगे लोहार । धनगढी र नेपालगंजका नाइटबसबाट झरेर मैलो सुरुवालको भित्री गोजीमा केही सय भारु जतन साथ लुकाएर-सीमामा आउने जाने मान्छेहरुमध्ये एक हुन् जोगे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here