नयाँ समीकरणको पक्षमा खुले वामदेव, नारायण दाहाललाई गरे मतदान

काठमाडौं,२९ फागुन । वामदेव गौतमले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादी केन्द्रका नारायण प्रसाद दाहालका पक्षमा मतदान गरेका छन् । तत्कालीन नेकपाको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गौतम नयाँ समीकरणको पक्षमा खुल्दै दाहाललाई मतदान गरेका हुन् ।

कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालको पक्षमा ३९ मत र विपक्षमा १७ मत विभाजन भएको हो ।

माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी दाहालले ३९ प्राप्त गरे । भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक गरी १७ मत ल्याए । जम्मा ५६ भोट खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here