सेञ्चुरी बैंक प्रकरणमा पक्राउ परेका सबै बैंकरहरु रिहा

काठमाडौं । बढी कर्जा दिएको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित दश जना छुटेका छन् ।

बैंकिङ कसुरमा पक्राउ परेका उनीहरूलाई अनुसन्धान जारी राख्ने गरि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हाजिरी जमानीमा छाडेको हो।

हाजिर जमानीमा छुटेका उनीहरु अब हरेक दिन सीआईबी कार्यालयमा उपस्थित हुनु पर्नेछ । छुटेका उनीहरुलाई बैंक तथा आफन्तको जिम्मा लगाइएको छ ।

१५ फागुनमा पक्राउ परेका उनीहरुलाई पछिल्लोपटक २८ फागुनमा ५ दिनको म्याद थपेर अनुसन्धान गरिएको थियो ।

यो आरोपमा पूर्वसीईओद्वय गौतम र न्यौपानेसँगै कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत पक्राउ परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here