संसदमा कांग्रेसले खोज्यो पुन र सुनको सम्बन्ध, सभामुखले रुलिङ गर्नुपर्ने माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको काठमाडौंस्थित घर कुन स्रोतले बनेको हो स्पष्ट पार्न आग्रह गरेका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद केसीले १० वर्षअघि दुईवटा कोठाको डेरामा बसेका उपराष्ट्रपति पुनको अहिले आलिशान महल बनेको भन्दै आर्थिक स्रोतबारे स्पष्ट पार्न माग गरेका हुन्।

‘१० वर्षअगाडि उहाँ (नन्दबहादुर पुन) कपनको कुनै ठाउँमा डेरामा दुई कोठामा बस्नुहुन्थ्यो । आज पाँच रोपनी जग्गामा आलिसान दरबारमा उहाँ राज भइबक्सेको छ,’ उनले भने, ‘म चाहन्छु, त्यो पैसा कहाँबाट आयो ? कसरी त्यो दरबार बन्यो ? त्यसमा सभामुखबाट रुलिङ हुनका लागि भन्दछु । स्रोत के हो ? कसरी धन प्राप्त भयो ? कसरी घर बनाउनुभयो ? सुनसँग पुनको सम्बन्ध बारेमा स्पष्ट पार्न अनुरोध गर्दछु ।’

उनले थपे, ‘अहिले बजारमा पुन र सुनको कुरा आएको छ। वर्षमान पुन आज सुनसँग जोडिनु भएको छ। सुनका आरोपित कारागारमा छन्। उहाँले सुन तस्करसँग १९ पटक टेलिफोन वार्ता गर्‍यो भनेर अखबारमा आइरहेको छ। उहाँले के के कुरा गर्नुभयो, सुन तस्करसँग के–के छलफल भयो त्यो कुरा यो हाउसमा भ्वाइस डिटेल सुनाउन अनुरोध गर्न चाहन्छु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here