इन्स्टाग्रामको नयाँ फिचर ‘फ्रेन्ड म्याप’, साथी कुन ठाँउमा छ थाहा पाइने

काठमाडौं । फेसबुक स्वामित्वको फोटो शेयरिङ एप इन्स्टाग्रामले एक नयाँ फिचर थप गरेको छ । मेटाले थप गरेको फिचरले प्रयोगकर्ताहरुलाई आफ्नो साथीको लोकेसनबारे जानकारी दिनेछ ।

यसका लागि स्न्यापच्याटको जस्तो फ्रेन्ड म्यापु अप्सन, सोसल मिडिया एपमा रोलआउट गरिएको बताइएको छ । टेक्नोलोजी समाचार आउटलेट टेकक्रन्चका अनुसार, जसले मेटाले सुविधाको विकासको पुष्टि गरेको छ।

रिभर्स इञ्जिनियर एलेसेन्ड्रो पालुज्जीका अनुसार नक्साले प्रयोगकर्तालाई आफ्ना साथीहरूको रियल टाइम लोकेसनबारे जानकारी दिन्छ । यसमा प्रयोगकर्ताले आफ्ना निश्चित साथीहरुसँग लोकेसन सेयर गर्ने वा सबैसँग गर्ने दुवै विकल्पहरु राखिएको छ । यो फिचरलाई फ्रेन्ड म्याप भनिएको छ र यो स्न्याप म्यापसँग मिल्दोजुल्दो देखिन्छ ।

फ्रेन्ड म्याप सुविधा पहिले नै उपलब्ध रहेको स्नापच्याटको स्नाप म्यापसँग मिल्दोजुल्दो छ । यस्ता सुविधाहरू एन्ड्रोइड र आईफोन दुवैमा छ । यो फिचरले प्रयोगकर्ताहरूलाई म्यापमा नोट लेख्न अनुमति दिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here