महरालाई हिरासतमा राख्न ४ दिनको म्याद, अस्पतालमा राख्न अदालतबाटै आदेश

पक्राउ परेका कृष्णबहादुर महरा भैरहवा विमानस्थलमा

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न ४ दिन म्याद दिएको छ ।

अनुसन्धानका लागि सरकारी वकिलको कार्यालयले ७ दिनको म्याद मागेकोमा न्यायाधीश दुर्गाप्रसाद खनालले ४ दिन मात्रै दिएका हुन्।

महराले आफू अस्वस्थ रहेकाले अस्पताल भर्ना हुन पाउनुपर्ने माग अदालतसमक्ष गरेका थिए । उनको अवस्थालाई हेरेपछि अदालतले माग स्वीकार गरेको हो । अदालतबाट बाहिर ल्याउँदा महराले अस्वस्थताको लक्षण समेत देखाएका थिए ।

सीआईबीले सोमबार अदालत उपस्थित गराएको थियो । महरा बिहानमात्र पक्राउ परेका थिए । सुन तस्करीमा संलग्नता रहेको भन्दै मुद्दा चलाउन सुन तस्करी जाँचबुझ आयोगले सिफारिस गरेपछि उनी पक्राउ परेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here