धुम्मियो काठमाडौं, धेरै ठाँउमा छिटपुट वर्षा

फाइलफोटो

काठमाडौं । देशभरको मौसममा बदली भएको छ । यतिबेला काठमाडौँ उपत्यकाको आकाश पनि बादलले ढाकिएको छ । पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकामा घाम देखिने सम्भावना एकदम कम छ ।

पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण बुधबार देशका केही भागमा हल्का वर्षा र केही ठाउँमा मौसम बदली रहने पर्ने मौसमविद्ले बताएका छन् ।

अहिले बागमतीसहितका कोशी र मधेस प्रदेशका केही भूभागमा वर्षा भइरहेको छ। त्यसैगरी कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा अहिले छिटपुटदेखि हल्का हिमपात भइरहेको छ।

आज दिउँसो पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। दिउँसो कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानसहित बाँकी देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here