भारतमा कल गर्न मिल्ने ‘एक्सेस कोड’ नै बन्द, शुल्क दोब्बर बढ्यो

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सस्तो दरमा विदेश कल गर्न मिल्ने एक्सेस कोड १४२४ बन्द गरेको छ ।

उपभोक्ताबाट उठ्ने पैसाभन्दा बढी भारतीय पक्षलाई तिर्नुपर्ने पैसा बढी भएपछि हाललाई एक्सेस कोड बन्द गरिएको टेलिकमले जनाएको छ ।

टेलिकमको सीमकार्डबाट भारत फोन गर्न तीन वटा एक्सेस कोड १४२४, १४२५ र १४४५ प्रयोग गर्न मिल्थ्यो । हाल १४२५ र १४४५ एक्सेस कोड प्रयोग गरेर मात्रै भारत कल गर्न मिल्छ ।

१४२४ एक्सेस कोड प्रयोग गरी भारत फोन गर्दा प्रतिमिनेट दुई रुपैयाँ ९९ पैसा शुल्क काट्थ्यो । १४२५ र १४४५ प्रयोग गरी फोन गर्दा प्रतिमिनेट ६ रुपैयाँ काट्छ । भारतीय टेलिकम कम्पनीले ‘ट्यारिफ’ बढाएको भन्दै नेपालका टेलिकमले फोन गर्दा लाग्ने शुल्क दोब्बरले बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here