गृहमन्त्रीको निर्देशनमा प्रहरीका पेट्रोल पम्प २४ सै घण्टा खुला

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका केही पेट्रोल पम्प २४ सै घण्टा खुला हुन थालेका छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा बुधबारदेखि प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पम्म २४सै घण्टा खुला गरिएको हो।

तत्कालका लागि नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन भइरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको छ । यसअघि नेपाल प्रहरी प्रहरीको पेट्रोल पम्प बेलुका ११ बजेसम्म र सशस्त्र प्रहरीको पेट्रोल पम्प १० बजेसम्म खुला हुने गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here