मस्कोमा भएको आतंकवादी हमलामा मृत्यु हुनेको संख्या ९३ पुग्यो, ११ जना पक्राउ

एजेन्सी । रुसको मस्कोस्थित एउटा कन्सर्ट हलमा बन्दुकधारीहरूले अन्धाधुन्द गोली चलाउँदा मृृत्यु हुनेको संख्या ९३ पुगेको छ।

११ जनलाई रुसी सुरक्षाकर्मीले पक्राउ गरेको छ । रुसले पक्राउ परेकाहरुलाई ‘आतंककारी’ भनेको छ । रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आक्रमणकारीहरुले अन्धाधुन्ध गोली चलाएका थिए ।

गोली चलाएर उनीहरुले कन्सर्ट भवनमा आगो लगाएका थिए । चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) को एक समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here