होलीको दिन ट्राफिक नियम उल्लंघन गर्ने ७८४ सवारी साधन कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा होलीको दिन ट्राफिक नियम उल्लंघन गर्ने ७८४ सवारी साधन कारबाहीमा परेका छन् ।

तीमध्ये १५ वटा चारपांग्रे सवारी साधन हुन् भने बाँकी दुई पांग्रे हुन् ।अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, ठूलो आवाज निकाल्ने वा बजाउने, मोटरसाइकलमा तीनजना चढ्ने, हेलमेट नलगाउने, तीव्र गतिलगायत क्रियाकलापमा संलग्नलाई निगरानी गरी कारबाही गरिएको छ ।

उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरी तथा ट्राफिक नियम उल्लंघन गरेर सवारी हाँक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here