सकियो विश्वकै लामो धार्मिक पदयात्रा मिथिला माध्यमिकी परिक्रमा

काठमाडौं । मिथिलाञ्चलको बहुचर्चित साँस्कृतिक उत्सव तथा संसार कै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा सकिएको छ । १५ दिने ऐतिहासिक मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधामको अन्तरगृह परिक्रमासँगै सकिएको हो ।

धनुषाको मिथिला विहारी नगरपालिकामा रहेको कचुरी मठबाट मिथिला बिहारी अर्थात् भगवान् श्रीरामको डोला उठेपछि यसको शुरुआत भएको मानिन्छ । यस परिक्रममा १ सय ३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो संख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहेका थिए ।

जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा बास बस्ने गर्दछन् । साधु सन्त, महन्थ र श्रद्धालुहरू राम-जानकीको डोला लिएर जनकपुरधामको अन्तरगृह परिक्रमा गरे । अन्तरगृह परिक्रमाको दूरी ५ कोष छ । त्यसैले यसलाई ‘पञ्चकोशी परिक्रमा’ पनि भनिन्छ ।

मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा जनकपुरको हनुमान नगर, बिहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, विसौल र जनकपुरधामसहित १ सय ३३ किलो मिटर भू-भागको पदयात्रा गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here