१७ जनाले कर्णाली पुलबाट फाल हाने, एक बेपत्ता (भिडियोसहित)

काठमाडौं । होली मनाएर रमाइलो गर्दै कर्णाली पुलबाट नदीमा फाल हानेका १७ जना युवामध्ये एकजना बेपत्ता भएका छन् । होली मनाउने क्रममा मदिरा सेवन गरेका युवाहरू पौडी खेल्ने उद्देश्यले कर्णाली पुलबाट फाले हानेका थिए ।

बेपत्ता हुनेमा कैलालीको चिसापानी ३० वर्षीय युवा लोकेन्द्र शाही छन् । पुलमा भीडभाड हुनका बीच उनीहरू नदीमा फाल हानिरहेको सामाजिक सञ्जालमा राखिएको भिडियोमा देख्न सकिन्छ ।

ती युवाहरू आफूले प्रहरीलाई खबर गर्छु भन्ने सोच्दा–सोच्दै आँखैअगाडि हाम फालेको प्रत्यक्षदर्शीसमेत रहेकी स्थानीय पत्रकार स्थानीय पत्रकार इन्दु केसीले सामाजिक सञ्जालमा लेखेकी छिन् -जिन्दगिमा सारै ठूलो पछुतो रह्यो ।

आखै अगाडि यसरी हाम फालेको देखियो , हाफ फालेका १७ जना मध्य एक जना बेपत्ता भए । प्रत्यक्षदर्शी भएर म पनि रमिता हेर्ने जमातमा परे । हाम फाल्दैछ्न भन्ने थाहा पाउने बितिकै प्रहरिलाई खबर गर्छु भन्ने सोच्दा सोच्दै हाम फाले । समयमा खबर गरेको भए सायद घटना हुने थिएनकी ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here