आईपीएलमा चेन्नाइको लगातार दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाइसुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ । मंगलवार राति भएको खेलमा चेन्नाइले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो ।

२०६ रनको लक्ष्य पछ्याएको टाइटन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्रै बनायो । उसका लागि साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए । ऋद्धिमान साह र डेविड मिलरले समान २१-२१ रन बनाए भने अन्य खेलाडिले राम्रो रन बनाउन सकेनन् । चेन्नाइका लागि दीपक चाहार, मुस्ताफिजुर रहमान र तुशार देशपाण्डेले समान २-२ विकट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here