आन्तरिक राजस्व विभागको महानिर्देशकमा तिवारी, भन्सारमा निरौला

काठमाडौं । अर्थ मन्त्रालयले मातहतका विभागको महानिर्देशकहरूको सरुवा गरेको छ ।

मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई पठाएको छ । यसअघिका विभागका महानिर्देशक भुपाल बराललाई सरकारले वातावरण विभागमा सरुवा गरेपछि विभाग महानिर्देशकबिहीन थियो ।

त्यसैगरी, सरकारले भन्सार विभागको महानिर्देशकमा ढुण्डीप्रसाद निरौला लगेकाे छ । विभागका महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गर्दै निरौलाललाई भन्सार विभागमा पठाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here