आज संविधान दिवस, जनताले के पाए-के गुमाए ?

काठमाडौं, ३ असोज । ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएको शुक्रबार ४ वर्ष पूरा भएको छ ।

जनताले २००७ सालदेखि मागेको आफ्नो संविधान आफै निर्माण गर्ने माग लामो समयको संघर्ष र बलिदान पछि मात्र पुरा भएको थियो ।

गरिबी, अभाव, अशिक्षा र अनेक समस्याबाट गुज्रिरहेको नेपाली समाजलाई माथि उकास्न शासकहरुले वेवास्ता गरेपछि आफ्नो संविधान आफै बनाउन आन्दोलनमा होमिएका थिए ।

जनताको आन्दोलनका बलमा संविधानसभाबाट संविधान त जारी भयो, तर, जनताका अपेक्षा अझै उस्तै छन् । सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
संविधान दिवस मुल समारोह समितिले शुक्रबार राजधानीमा विशेष कार्यक्रम समेत आयोजना गरेको छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च ओहदाका सबै सरकारी व्यक्ति सहभागी हुनेछन् ।

यो त एक औपचारिकता हो । संविधानसभाले बनाएको संविधानले जनताको आकंक्षा अनुसार विकासको मुल फूटाउने शूरुवातको झल्को यो ४ वर्षे समयले दिनुपर्ने थियो ।

तर, व्यवहारमा देखिने गरी कुनै परिवर्तन देखिदैन । शासकहरुको जीवनशैली, व्यवहारमा परिवर्तन आएको छैन ।

जनताको आर्थिक अवस्था रेमिट्यान्सका कारण केही उकासिएको भए पनि दीर्घकालिन आर्थिक उपार्जनको बाटो नेपालमा बनिसकेको छैन ।

अर्कोतर्फ संविधाले केही बाछिटा बाहिरै छाडेको छ । विप्लव समूह संविधानको मूल धार बाहिरै रहेको छ । उसले शसस्त्र आन्दोलनको धम्की दिइरहेको छ ।

मधेष केन्द्रित दल अझै पनि संविधानको विरोधमा छन् । त्यसो त यो संविधान गतिशिल छ । समयानूकुल परिवर्तन गर्न सक्छ ।
तर, त्यसका लागि अब आर्थिक विकासले गति लिनु पर्छ ।

नेतृत्व अझै सच्चिएको छैन । गणतन्त्रमा समेत राजतन्त्रकालिन शैली देशको उच्च नेतृत्व तहले देखाइरहेको छ ।

यसले गर्दा गणतन्त्रमाथि नै प्रहार भएको भान हुन्छ । यसलाई नेतृत्वले सच्याउने हो भने परिवर्तन व्यवहारमै सम्भव हुनेछ । शुक्रबार सरकारी तथा निजी क्षेत्रहरूले पनि विभिन्न कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउँदैछन् ।

३ असोज २०७२मा संविधानसभाबाट संविधान जारी भएको थियो । तत्कालिन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । संविधान दिवसको अवसर पारी राष्ट्रपति,उपराष्ट्रपतिलगायत उच्च पदस्थ अधिकारीले शूभकामना दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here