गुजरातविरुद्ध नेपाल ८ विकेटले विजयी

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एसएमएस फ्रेन्डसिप कपको पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको छ। नेपालले १५.२ ओभरको समाप्तीमा ८ विकेटले खेल जितेको हो। नेपालका ब्याट्सम्यान रोहित पौडेलले २५ बलमा २९ रन र अनिल साहाले ३५ बलमा ३२ रन बनाए। यसैगरी कुशल भुर्तेलले १५ बलमा १७ रन र आशिफ सेख १५ बलमा १६ रन बनाए। गुजरातका बलर हेमाङ पटेल र तेजस पटेलले समान एक/एक विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here