गणतन्त्रको उपहार-भीभीआइपी डेढ अर्बको हेलिकोप्टरमा सवार

काठमाडौं, ३ असोज । सरकारले अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सवारीमा प्रयोग गर्ने लक्ष्यसहित महंगो हेलिकोप्टर खरीद गरेको छ । हेलिकोप्टर बिहीबार काठमाडौं आइपुगेको हो ।

विशिष्ट व्यक्तिहरुको सवारीमा प्रयोग हुने गरी नेपाली सेनामार्फत उक्त हेलिकोप्टर खरीद गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

यो हेलिकोप्टरको दर्ता र नियमन भने प्राधिकरणबाटै हुने भएको छ ।

‘सेनाले चलाउने भए पनि त्यसमा गैरसैनिक नागरिक नै चढ्ने भएकाले यो प्राधिकरणबाटै नियमन हुन्छ’, प्राधिकरणका एक अधिकारीले भने, ‘संचालन मात्र सेनाबाट हुने हो ।’

प्राधिकरणका अनुसार यो हेलिकोप्टरको मूल्य डेढ अर्ब भन्दा माथि रहेको छ । इटालीमा बनेको अत्याधुनिक हेलिकोप्टर शक्तिशाली सिरिजको हो ।

यसमा आवयकता अनुसार सिट थपघट गर्न सकिन सुविधा रहेको छ ।

उता, संविधान दिवसकै मुखमा भित्राइएको यो विलासी हेलिकोप्टरका सम्बन्धमा भने आम सर्वसाधारणको तिब्र असन्तुष्टी रहेको छ ।

राष्ट्रपति, प्रधानमन्त्रीजस्ता विशिष्ट व्यक्ति चढ्न अन्य पर्याप्त सुविधा हुँदाहुँदै भित्राइएको यो सवारीले गणतन्त्रमा पनि राजतन्त्रकालिन वैभवको आभास हुने भन्दै सामाजिक संजालमार्फत सर्वसधारणले सरकारको आलोचना गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here