आशा, सपना र निराशाको कथा बोकेको ‘द रेड सुटकेस’ को ट्रेलर (भिडियोसहित)

काठमाडौं । सौगात मल्ल, विपीन कार्की र सृष्टि श्रेष्ठ अभिनीत फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा काठमाडौंबाट बेयुलसम्म एक व्यक्तिले सुटकेस ल्याएको परिवेशलाई देखाइएको छ।

फिडेल देवकोटा निर्देशित तथा लिखित फिल्ममा सौगात मल्ल, प्रविन खतिवडा, विपीन कार्की, सृष्टि श्रेष्ठको मुख्य भूमिका छ।

सुशन प्रजापतिको छायांकन गरेको फिल्मलाई समन अलभितिगाले सम्पादन गरेका छन्। सिनेमा चैत ३० गते रिलिज हुँदैछ । यो फिल्मले विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा अवार्ड जितेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here